logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सभामुख चयनको निर्वाचन माघ १२ गते


अंकुरण खबर
702
Shares

काठमाडौं – प्रतिनिधिसभाको सभामुख चयनका लागि आगामी १२ गते निर्वाचन हुने भएको छ ।

संघीय संसदमा सोमबार दिउँसो बसेको प्रमुख राजनीतिक दलहरुको बैठकले चुनाव १२ गते गर्ने सहमति गरेको हो । यसबारे औपचारिक जानकारी केहीबेरपछि बस्ने संसद बैठकमा गराइनेछ ।

उपसभामुख डा। शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा दिइसकेकी छिन् । केहीबेरपछि सुरु हुने अर्को बैठक संसदका ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन् । नेकपाले नेता अग्नि सापकोटालाई सभामुखमा उम्मेदवार बनाएको छ ।