क्रोएसियाकी डोना भिकिचसँग पराजित हुँदै पूर्व विश्व नम्बर मारिया सारापोभा अष्ट्रेलियन ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएकी छन् ।
मेलबर्न पार्कमा आज बिहान भएको खेलमा विश्व वरियतामा १९ औं स्थानकी डोनासँग ६–३ र ६–४ पराजित हुँदै सारापोभा प्रतियोगिताबाट बाहिरिएकी हुन् ।
सारापोभाले सन् २००८ मा अष्ट्रेलियन ओपन जितेकी थिईन् ।