काठमाडौं- प्रतिनिधि सभाको उपसभामुख, सभामुख पदमा उम्मेदवारी दिने कि नदिने भन्ने निर्णय गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकमा सभामुख पदमा उम्मेदवारी दिने कि नदिने, दिए कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा निर्णय हुनेछ । बैठकले उपसभामुखको उम्मेदवार पनि टुंगो लगाउने सम्भावना छ ।
नेकपाको स्पष्ट बहुमत रहेकाले कांग्रेसको उम्मेदवारी औपचारिकता मात्र हुने सम्भावना छ, सोही कारण उपसभामुखमा मात्र उम्मेदवारी दिने कि भन्ने विषयमा पनि छलफल भइरहेको कांग्रेस स्रोतले जानकारी दिएको छ ।