logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपसभामुख पद राजपालाई दिने संकेत


अंकुरण खबर
1.378K
Shares

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट प्रतिनिधि सभाको सभामुख पदमा अग्नी सापकोटाले उम्मेदवारी दर्ता गराएपछि उपसभामुखको पद अहिले चर्चाको विषय बनेको छ ।

सापकोटाले पूर्व सभामुखको प्रस्ताव र पूर्व सभामुखकै समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् । राजपा सांसद लक्ष्मणलाल कर्णले सभामुखलाई उम्मेदवारीमा समर्थन गरेसँगै उपसभामुख राजपालाई दिने भित्री सहमति भएको संकेत देखिएको हो ।

उम्मेदवारी दर्ताका क्रममा देखिएको दुई पार्टीको मेलमिलापलाई दुई पार्टीबीच सत्ता साझेदारीको सहमति भएको अर्थमा बुझिएको छ ।

सभामुखमा सापकोटाको उम्मेदवारी दर्तासँगै सत्ताधारी पक्षबाट उपसभामुखको उम्मेदवार महिलालाई बनाउनुपर्ने भएको छ । सभामुख र उपसभामुखमध्ये एक महिला हुनुपर्ने संविधानमा व्यवस्था छ ।

सभामुख राजपालाई दिइने संकेत देखिएसँगै सम्भावित उपसभामुखको बारेमा चर्चा हुन थालेको छ । अहिले राजपाबाट उपसभामुखको सबैभन्दा बलियो दावेदार चन्दा चौधरी देखिएकी छिन् । चौधरी समानुपतिक सांसद हुन् ।

हाललाई उनीबाहेक अरुको चर्चा छैन । राष्ट्रिय जनमोर्चाले उपसभामुख नलिने भएपछि राजपाको सम्भावना बढेको हो ।