logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ए डिभिजन लिग फुटबल : आज हिमालयन र थ्रीस्टार तथा जावलाखेल र एपीएफ भिड्दै


अंकुरण खबर
806
Shares

काठमाडौं  – काठमाडौंमा जारी सहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज २ वटा खेल हुँदैछन् ।

दुवै खेल दशरथ रंगशालामा हुने छन् । आठौं चरण अन्तर्गत आज पहिलो खेलमा मध्यान्ह १२ बजे हिमालयन शेर्पा र थ्रीस्टारबीच प्रतिस्पर्धा हुने छ । पछिल्लो खेलमा पहिलो जीत निकालेको शेर्पा आज पनि थ्रीस्टारलाई हराउने लक्ष्यमा हुने छ । शेर्पाले अहिलेसम्म १ खेलमा जीत र ४ खेलमा बरबारी गर्दै तालिकाको ११ औं स्थानमा छ ।

उता थ्रीस्टार क्लब भने चौथो जीतको खोजिमा हुने छ । अहिलेसम्म ३ खेलमा जीत र २ खेलमा बराबरीका साथै २ खेलमा पराजित भएको थ्रीस्टार ११ अंकका साथ पाँचौं स्थानमा छ ।

आजको खेलमा थ्रीस्टार विजयी तेस्रो स्थानमा उक्लने छ भने बराबरी गर्दै एक अंक मात्रै जोड्न सके चौथो स्थानमा जाने छ ।

आजै दिउँसो ३ बजे जावलाखेल युथ क्लब र एपीएफ आमने सामने हुने छन् । जावालखेल २ खेलमा जीत र ३ खेलमा बराबरी गर्दै ९ अंकका साथ आठौं स्थानमा छ । उता एपीएफ भने रेलिगेशन जोनभन्दा एक स्थान माथि रहेकाले उसलाई भने खतरा रहेको छ ।

आजको खेलमा पनि पराजित भए रेलिगेशनबाट जोगिन आगामी खेलहरु निकै महत्वपूर्ण हुने छन् । आज विजयी भएमा भने एपीएफ ११ औं स्थानामा पुग्ने छ ।