logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

’ए’ डिभिजन लिग फुटबल : आज दुई खेल हुदै


अंकुरण खबर
3.861K
Shares

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज (शनिबार) दुई खेल हुदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै दोस्रो खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगमा आर्मी ७ खेलमा १६ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।

एनआरटी ११ अंक सहित तालिकाको छैटौं स्थानमा रहेको छ ।यस्तै संकटा लिगको ७ खेलमा ९ अंकसहित नवौं स्थानमा रहेको छ । फ्रेन्ड्स ८ अंक सहित १२ औं स्थानमा रहेको छ ।