काठमाडौं – अमेरिका पुगेर लुकेको भनिएकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली दर्शनाले स्वास्थ्य समस्याका कारण नेपाल फर्कन नसकेको बताएकी दिएकी छन् ।
अमेरिकामा आयोजित एक गोष्ठीमा भाग लिन कात्तिकको पहिलो साता दर्शना अमेरिका गएकी थिइन् । करिब एक महिनादेखि उनी आफूसित सम्पर्कमा नरहेको तिलागुफाका मेयर रतन शाहीले सञ्चारमाध्यमलाई बताएका थिए । साथै उनको फेसबुक अकाउन्ट पनि निष्कृय भएको थियो ।
तर आफूले बारम्बार फोन गर्दा पनि मेयरले नउठाएको उनको दाबी छ । अमेरिकामै लुकिन् भन्ने हल्ला/विवाद आएपछि आइतबार उपमेयर दर्शना नेपालले आफ्नो फेसबुक पुन: एक्टिभ गरी फेसबुकमा स्टाटस लेख्दै उनले आफू बिरामी परेका कारण नेपाल फर्कन नसकेको बताएकी छन्।
यस्तो छ उनको फेसबुक स्टाटस: