logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अग्नी सापकोटा निर्दोष भएको अदालतको ठहर


अंकुरण खबर
3.38K
Shares

काठमाडौं – प्रतिनिधि सभाको उम्मेदवार रहेका नेता अग्नि सापकोटा विरुद्ध अदालतमा कुनै मुद्दा नरहेको पाइएको छ ।

नेकपाले सर्वसम्बत सभामुख बनाउने निर्णय गरेपछि सापकोटालाई युद्धकालिन मुद्धा भएका कारण सभामुख बनाउन नहुने भन्दै विरोध गर्दै आएका थिए । सोही विषयलाई लिएर अदालतले सापकोटाविरुद्ध अदालतमा मुद्दा नरहेको ठहर गरेको छ ।

सापकोटा विरुद्ध यस्तो छ यथार्थ

सापकोटाविरुद्धको कर्तव्य ज्यान मुद्दा सर्वोच्चमा नभएको र हत्या गरिएको भनिएका अर्जुन लामाको श्रीमतीले जाहेरी दर्खास्त गरिपाउँ भनेर दिएको निवेदन मात्रै रहेको पाइएको अधिवक्ताहरुको भनाई छ।अग्नी प्रसाद सापकोटामाथि कुनै मुद्दा छैन ।

संविधानविद् तथा अधिवक्ता खिमलाल देवकोटाले सापकोटालाई सभामुख बन्नको लागि काँडाले समेत नघोच्ने बताए। सभामुख हुन सांसद हुनुपर्ने संविधानले किटान गरेको छ। हरेक सांसद सभामुख बन्नको लागि योग्य हुन्छन्।” देवकोटाले भने, ‘उहाँ सभामुख बनेर मज्जाले संसद हाँक्न सक्नुहुन्छ।’

सापकोटा सभामुखमा निर्विरोध चयन भएका छन्। यसको आधिकारिक घोषणा भने आगामी १२ माघमा बोलाइएको संसद् बैठकबाट हुने संसद् सचिवालयले जानकारी दिएको छ।

यौन दुर्व्यवहारको आरोप लागेका पूर्व सभामुख कृष्ण बहादुर महराले गत १४ असोजमा राजीनामा दिएपछि सभामुख पद रिक्त छ।