logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

सभामुखविरुद्धको रिटमा सुनुवाइ सुरु


अंकुरण खबर
1.053K
Shares

सभामुख अग्नि सापकोटाविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले सुनुवाइ सुरु गरेको छ ।

अधिवक्ता दिनेश त्रिपाठीले सापकोटामाथि हत्या अभियोग लागेको र सो हत्या प्रकरणमा उनीमाथि सर्वोच्च अदालतमा रिटसमेत दायर भएको अवस्थामा सभामुख बनाउन नमिल्ने र सभामुखमा काम गर्न नदिन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन् ।

सो रिटमा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको इजलासमा सुनुवाइ सुरु भएको हो । इजलासमा निवेदकतर्फका अधिवक्ताहरूले बहस गरिरहेका छन् । बहस सकिएपछि इजलासले निवेदकले माग गरेअनुसार अन्तरिम आदेश जारी गर्ने नगर्ने आदेश जारी गर्नेछ ।

निवेदकले सभामुखका रूपमा सापकोटालाई कामकाज गर्न रोक लगाउन र उनलाई पक्राउ गरी मुद्दाको प्रक्रिया अघि बढाउन अन्तरिम आदेशको माग गरेका छन् ।