logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फेरि द्वन्द्वका घाउ उठाएर क्यान्सर बनाउन खोजिँदैछ : डा. भट्टराई


अंकुरण खबर
663
Shares

काठमाडौं – समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसिसीमा गुट र द्वन्द्वको गन्ध देखिनु गलत भएको बताएका छन्।

एमसिसीबारे सत्तारुढ नेकपाभित्रै मत बाँडिइरहेका बेला नेता भट्टराईले उक्त कुरा बताएका हुन्। ‘नेपालजस्तो देशमा भारत–चीन र अमेरिकासँग सन्तुलित सम्वन्ध राख्ने विषयमा अनावश्यक विवाद हुनु जरुरी छैन, गुट वा द्वन्द्वको गन्ध एमसिसीमा देखिनु गलत छ। देशकै एउटा धारणा हुनुपर्नेमा यस्तो देखिनु राम्रो होइन,’ उनले भने।

भट्टराईले संघीयता नाममात्रको भएको र प्रदेशको नाम र राजधानी हिजो पञ्चायतको भन्दा फरक नरहेको उल्लेख गर्दै सुशासन र भ्रष्टाचारका विषयमा संसदमा बहस हुन नसकेको बताए।

उनले आर्थिक वृद्धि र समृद्धि हासिल गर्ने लक्ष्य नदेखिएको भन्दै जनशक्ति पलायन हुँदै गएको, उद्योगहरु बन्द भएको र कमिसनखोरीमात्र बढेर देश विकास नहुने बताए।

संक्रमणकालीन आयोगले १० वर्ष बितिसक्दा पनि आफ्नो काम नगर्नु र समस्या समाधान नहुनु गम्भीर रहेको उल्लेख गर्दै उनले भने, ‘फेरि द्वन्द्वका घाउ उठाएर क्यान्सर बनाउन खोजिँदैछ, व्यक्ति व्यक्तिको मुद्दा उठाएर अहिले दुःख दिन खोजिँदै छ।