logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाको राष्ट्रिय महाधिवेशन २०७७ चैतमा गर्न प्रस्ताव


अंकुरण खबर
1.313K
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रिय महाधिवेशन २०७७ चैतमा गर्न प्रस्ताव गरिएको छ ।

आजबाट राजधानीमा शुरु भएको नेकपाको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमा २०७७ चैतको अन्तिममा सकिने गरि राष्ट्रिय महाधिवेशन गर्न प्रस्ताव गरिएको हो ।

प्रतिवेदनमा २०७७ चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्न प्रस्ताव गरिएको छ ।यस्तैगरि २०७७ को भदौदेखि मंसिरसम्ममा सबै स्थानीय तह र प्रदेश तहका अधिवेशनहरु सम्पन्न गर्न प्रस्ताव गरिएको छ ।