logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाका दूई दर्जन कार्यकर्ता कांग्रेसमा प्रवेश


अंकुरण खबर
1.365K
Shares

नेकपाका दूई दर्जन नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।  रामेछाप खाँडादेवी गाउँपालिकाका-२ नेपाल कम्युनिस्ट पार्टीका दुई दर्जन नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नेकपा भित्र बौद्धिक एवं कुशल संगठकको परिचय बनाएका राम कुमार कार्कीको नेतृत्वमा नेताहरु रामहरी कार्की, हरि कार्की, रामहरि गिरि लगाएतका नेता कार्यकर्ता प्रवेश गरेका हुन्।

काँग्रेस सभापति शेर बहादुर देउवाको निवासमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमबाट उनीहरुले कम्युनिष्ट पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गरेको नेविसंघ निवर्तमान केन्द्रीय सदस्य रत्नहरी ढुँगेलले बताए ।

रामेछापका पार्टी सभापति लवश्री न्यौपाने लगाएत नेता कार्यकर्ताको बाक्लो उपस्थितिकाबीच नव प्रवेशीलाई सभापति देउवाले पार्टी सदस्यता प्रदान गरि स्वागत गरेका थिए।

कांग्रेसमा प्रवेश गरेका कार्यकर्ताहरुले यसरी भ्रममा टिकेको कम्युनिष्ट पार्टी अब छिट्टै ध्वस्त हुने भन्दै आज देखि नै कांग्रेसलाई एक ढिक्का बनाएर बिजयको यात्रातर्फ उन्मुख गराउने उत्तरदायित्व बहन गर्ने बताए ।