logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधि सभाको बैठक सुरु


अंकुरण खबर
897
Shares

काठमाडौं – आजको प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आज शुक्रबार ११ बजेदेखि प्रतिनिधि सभाको बैठक सुरु भएको हो ।

बैठकमा राष्ट्रियसभाबाट पारित भएका विधेयकको सन्देश जानकारी गराउनुका साथै संवैधानिक आयोगका बार्षिक प्रतिवेदनहरु पेश हुने कार्यक्रम छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संसोधन) विधेयक २०७५का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी बैठकमा गराउने कार्यसूची रहेको बताइएको छ ।

त्यस्तै नेपाल इन्जिनियरिङ परिषद (पहिलो संसोधन) विधेयक २०७६ र संघ, प्रदेश र स्थानीय तह, अन्तरसम्बन्ध व्यवस्थापन विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने संभावित कार्यसूची छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संवैधानिक आयोगका प्रतिवेदनहरु पेश हुनेछन् । न्याय परिषद र न्याय सेवा आयोग, लोक सेवा आयोग, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी, थारु र मुस्लिम आयोगका वार्षिक प्रतिवेदन पेश हुने संसद सचिवालयले जनाएको छ ।