logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओली-प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित


अंकुरण खबर
962
Shares

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

चार दिनदेखि जारी केन्द्रीय समिति बैठकमा समूहगत छलफलपछि हलले सर्वसम्मत रुपमा अध्यक्षद्वको प्रतिवेदन पारित गरेको हो ।

बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि विभिन्न १५ समूहमा छलफल भएको थियो । छलफलका क्रममा उठेका प्रश्नहरुको अध्यक्ष प्रचण्डले जवाफ समेत दिएका थिए । सो क्रममा प्रचण्डले केन्द्रीय सदस्यहरुले दिएको सुझावलाई मनन गर्दै पार्टी अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

बैठकले भारतद्वारा हालै जारी भएको नयाँ नक्सा अमान्य हुने निर्णय गरेको छ । भारतले हालै नेपालका कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्र आफ्नो भू–भागमा समेटी नयाँ नक्सा जारी गरेको थियो । त्यसविरुद्ध नेपालमा चर्को जनआक्रोश पैदा भएको छ ।

सत्तारुढ दल नेकपाले सो नक्सा अमान्य हुने घोषणासहित नेपाल सरकारलाई अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गर्न सुझाव पनि दिएको छ ।