logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विप्लव नेतृत्वको नेकपाका नेता लामासहित ३ जना छुटेलगत्तै फेरि पक्राउ


अंकुरण खबर
780
Shares

नेत्रविक्रम चन्द नेकपाका नेताहरू छुटेलगत्तै फेरि पक्राउ परेका छन् ।

पाटन उच्च अदालतले बिहीबार विप्लव नेकपाका नेताहरू माइला लामा, धिरेन्द्र उपाध्य र नविन विश्वकर्मालाई थुनामुक्त गर्न आदेश गरेको थियो ।

सोही आदेशले छुटेका उनीहरूलाई आइतबार ललितपुरबाट पुनः पक्राउ गरेको हो । थुनामुक्त हुनुअघि उनीहरूले जिल्ला अदालत ललितपुरमा पत्रकार सम्मेलनसमेत गरेका थिए । प्रहरीले १० फागुन २०७५ मा ललितपुरको नख्खुस्थित एनसेल कार्यालय गेटमा बम फिस्फोट गराएको अभियोग लगाएको थियो ।

उक्त अभियोगमा उनीहरूको कुनै संलग्नता नदेखिएपछि उच्च अदालतले उनीहरूलाई थुनामुक्त गर्ने आदेश गरेको हो । बम विस्फोटमा परी एक जनाको ज्यान गएको थियो । यसअघि जिल्ला अदालत ललितपुरले उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गरेको थियो ।