काठमाडौं – सुजित बुढाथोकीले निर्णायक गोलमा जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साँघुरो जित निकालेको छ ।
सोमबार भएको खेलमा जावलाखेलले ब्रिगेड ब्वाइज (बीबीसी) क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो।
एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेललाई जित दिलाउन सुजितले निर्णायक गोल गरे । खेलको ३२ औँ मिनेटमा सुजितले गरेको गोल नै निर्णायक बनेको थियो ।
जितसँगै जावलाखेल १० खेलमा १५ अंक जोड्दै लिगको सातौं स्थानमा उक्लिएको छ । १० खेलमा ८ अंक रहेको ब्रिगेड तालिकाको ११ औं स्थानमा छ ।