logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गृह मन्त्रालयको सचिवमा न्यौपाने नियुक्ति


अंकुरण खबर
1.287K
Shares

काठमाडौं – गृह मन्त्रालयको सचिवमा महेश्वर न्यौपाने नियुक्ति हुने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई गृह सचिवको रुपमा सरुवा गर्ने निर्णय गरेको स्रोतले बताएको छ ।

यस्तै सरकाले अख्तियारको सचिव भने प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीलाई बनाउने निर्णय गरेको छ।

हालका गृहसचिव प्रेम कुमार राईले नियमित अवकाश पाएपछि गृहमा सचिव रिक्त रहेको थियो । राईको सोमबार नै मन्त्रालयमा एक कार्यक्रम गरी बिदाइ गरिसकिएको छ।

वि.सं. २०४० मा सेवा प्रवेश गरी २०७१ सालमा सचिवमा बढुवा भएका राईले २०७४ साल चैत २६ गतेदेखि गृहसचिव भएर काम गरेका थिए ।

न्यौपाने यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव थिए ।