logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीले सारङ्गी र बाँसुरी बजाएपछि…


अंकुरण खबर
1.196K
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार ‘सारङ्गी साँझ’ कार्यक्रममा सहभागी भएका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित नेपाली मौलिक बाजा र धुनहरुको ‘सारङ्गी साँझ’मा प्रधानमन्त्री ओली सहभागी भएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सारङ्गी र बाँसुरी बजाउनु भएको कला प्रतिष्ठानका महासचिव डा. देवी नेपालले जानकारी दिए । पहिले उनले एक्लै सारङ्गी बजाएका थियो, डा. नेपालले भने, त्यसपछि पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले सारङ्गी र प्रधानमन्त्री ओलीले बाँसुरी बजाएका थिए ।

डा. नेपालले प्रधानमन्त्री, मन्त्रीगणलाई मौलिक बाजा र धुनको संरक्षण गर्नुपर्दछ भन्ने सन्देश दिनका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए । सारङ्गी साँझमा पूर्वको लिम्बू जातिको पालमदेखि सुदूरपश्चिम प्रदेशको देउडासम्मको १० प्रकारका धुन बजाइएको थियो ।

नाट्य प्रतिष्ठानका झण्डै ३० जना कलाकारले विभिन्न बाजाको धुन बजाएका थिए । धुनको संयोजन नाट्य प्रतिष्ठानका प्राज्ञ सदस्य अशोक राईले गरेका हुन् ।