logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्यटनमन्त्री भट्टराईले भने, निजगढ विमानस्थलबाट पाँच वर्षमा व्यावसायिक उडान हुन्छ


अंकुरण खबर
819
Shares

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निजगढ विमानस्थलबाट पाँच वर्षमा व्यावसायिक उडान गरिछाड्ने दावी गरेका छन् ।

नागरिक उड्डयन प्राधिकरणले नेपालका ५४ वटा विमानस्थलको अवस्थाबारे जानकारी दिन आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले काठमाडौंको चापलाई कम गर्न निजगढ विमानस्थलको विकल्प नभएको बताएका छन् ।

निजगढ विमानस्थल निर्माणको लागि स्विट्जरल्याण्डको जुरिच एयरपोर्टसँग लगानी बोर्डले व्यावसायिक प्रस्ताव मागेको उनले जानकारी गराएका छन् । एक महिनाभित्र जुरिचसँग छलफल गरी निजगढको लगानी मोडालिटी पनि टुङ्गिने उनले दाबी गरे ।

‘काठमाडौंमा जहाज होल्ड हुने समस्या समाधान गर्न निजगढ विमानस्थलको विकल्प छैन’, उनले कार्यक्रममा भने, ‘सबै समस्या समाधान हुने निजगढ हाम्रो अर्जुनदृष्टि हो ।’

मन्त्री भट्टराईले भने, ‘यो नेपालको गेम चेञ्जर आयोजना हो । यसमा सिङ्गो नेपाल एक ठाउँमा आउनु पर्छ ।’

उनले निजगढको काममा प्रगति भएको दाबी गरे ।