logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

समाजिक मूल्य मान्यतामा आधारित भएर पत्रकारिता गर्नुपर्छ : अर्थमन्त्री खतिवडा


अंकुरण खबर
1.17K
Shares

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले नैतिक र सामाजिक मूल्य मान्यतामा आधारित पत्रकारिताका लागि अनुसन्धानात्मक पाठ्यक्रमको विकास गर्नुपर्ने बताएका छन्।

बुधबार त्रिभुवन विश्व विद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सामाजिक जिम्मेवारी सहितको पत्रकारिता विकासका लागि अनुसन्धानात्मक पाठ्यक्रमको विकास अनिवार्य रहेको बताएका हुन् ।

उनले विभागको नयाँ भवन निर्माणपछि विश्वविद्यालयले अनुसन्धानका कार्यहरुलाई अगाडि बढाउने विश्वास समेत गरे । उनले सबै शैक्षिक प्रतिष्ठानहरुलाई पनि पत्रकारिताको अध्ययन, अध्यापन र अनुसन्धान गराउने केन्द्रको रुपमा विकास गर्दै जानुपर्नेमा जोड दिए ।

अर्थमन्त्री खतिवडाले आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा सञ्चार क्षेत्रको पहिलो भूमिका रहने बताउदै त्यसका लागि सरकारले आम सञ्चारका पूर्वाधारहरुको विकासमा ध्यान दिएको बताए ।