बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका उपसभापति विजय गच्छदार र अख्तियार आयुक्त दीप बस्न्यातविरुद्ध भ्रष्टचारको मुद्धा चलाउने भएको छ ।
कारबाहीको माग गर्दै अख्तियार आरोपपत्र लिएर विशेष अदालत पुगेको हो ।अख्तियारको आरोपपत्र अदालत आइपुगेको र अरु क-कसलाई मुद्धा चलाउने हो त्यो भने बाँकी रहेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बताए ।
सरकारले अधिग्रहण गरेको १ सय १२ रोपनी जग्गा व्यक्तिका नाममा दर्ता गरी हिनामिना भएको सार्वजनिक भएपछि यस विषयमा अनुसन्धान अघि बढेको थियो ।