logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ए डिभिजन लिगः आज मछिन्द्र र सरस्वती तथा आर्मी र एपीएफ भिड्दै


अंकुरण खबर
988
Shares

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि एघारौं चरणका खेलहरु सुरु हुँदैछन् ।

आज हुने पहिलो खेलमा मछिन्द्र क्लब र सरस्वती युवा क्लब तथा दोस्रो खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब भिड्दैछन् ।

आजका दुबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ । खेलमा चारै टोली जितको लक्ष्यका साथ मैदानमा उत्रने छन् ।

बिहान साढे ११ बजे हुने पहिलो खेलमा मछिन्द्र सरस्वतीलाई हराउँदै लिगको शीर्ष स्थानमा उक्लिने लक्ष्यमा हुनेछ । यस्तै मछिन्द्रलाई हराएमा सरस्वतीको रेलिगेसनबाट जोगिने आशा हुनेछ ।

यस्तै, दिउँसो ३ बजे हुने दोस्रो खेलमा आर्मी जितसहित शीर्ष स्थानमा यथावत रहँन चाहन्छ भने एपीएफ रेलिगेशन हुनबाट जोगिन चाहन्छ ।

दशौं चरणसम्मको अंक तालिका