काठामाडौं – नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् ।
खुमलटारस्थित प्रचण्ड निवासमा बिहीबार बिहान भएको भेटमा नेपालको शान्ति प्रक्रियाका पूरा हुन बाँकी कामका विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ ।
प्रचण्डले शान्ति प्रक्रियाका सबै काम छिट्टै सक्ने गरी तयारी भएको बताएका छन्। नेपालको शान्ति प्रक्रिया विश्वकै उदाहरणीय रहेको चर्चा गर्दै प्रचण्डले शान्ति प्रक्रियामार्फत अघि बढेको प्रगतिशील रुपान्तरणको प्रक्रियाबाट संसारले सिक्न सक्ने उल्लेख गरे ।
भेटमा नेपालको आर्थिक र सामाजिक विकासमा बेलायतले सक्दो सहयोग गर्ने राजदूत पोटिलले बताइन् । प्रचण्डले नेपालको विकासमा बेलायतले पहिल्यैदेखि खेल्दै आएको भूमिकाको सराहना गरेका थिए ।
भेटमा प्रचण्डले नेपाल आर्थिक समृद्धिको अभियानमा रहेको बताउँदै देशको आर्थिक समृद्धिमा बेलायतको सहयोग अपरिहार्य रहेको बताए । त्यस क्रममा राजदूत निकोलाले आफू २० वर्षअघि शोधकर्ताका रुपमा नेपाल आएको र अन्नपूर्ण पदयात्रामा ट्रेकिङ गरेको स्मरणसमेत गरिन् ।