सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकाका मेयर शिबनारायण साह माथि हातपात भएको बिरोधमा जिल्लाका सबै स्थानीयतहले सेवा बन्द गरेका छन् ।
सप्तरीमा रहेका ९ नगरपालिका र ९ गाउँपालिका गरी १८ वटै स्थानीय तह आज बन्द रहेका हुन् । मेयरमाथि भएको हमलाको बिरोध गर्दै जिल्ला समन्वय समितिमा बसेको बैठकले बिहीबार जिल्लाका सबै स्थानीय तह बन्द गर्ने निर्णय गरेको हो ।
डाक्नेश्वरी नगरपालिका ५ मा रहेको पातोस्थित माध्यमिक विद्यालयको कार्यक्रममा सहभागी हुन जाने क्रममा मंगलबार मेयर साहसहित कर्मचारीलाई सोहि डाक्नेश्वरी नगरपालिका बस्ने अमरेन्द्र यादव, अर्जुन यादव, महेश्वरप्रसाद यादव लगायतको टोलिले हातपात गरेका थिए ।
मेयरमाथि हमला गर्ने व्यक्तिहरुलाई बिहीबार कारबाहीको प्रकृया अगाडि नबढे लगातार रुपमा स्थानीय तह बन्द गरिने जिल्ला समन्वय समितिले जनाएको छ ।