logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

त्रिकोणात्मक सिरिजः ओमानविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै


अंकुरण खबर
1.261K
Shares

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानसँगको दोस्रो खेलमा नेपालले सुरुवातमा ब्याटिङ गर्दैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले सुरुवातमा ब्याटिङ गरेको हो । ९ ओभरको खेल सकिँदा नेपालले विना विकेटको क्षतिमा २२ रन बनाएको छ । सुवास खकुरेल १२ र कप्तान ज्ञानेन्द्र मल्ल १० रनमा खेलिरहेका छन्

ओमानसँगको खेलबाट नेपालका कमल सिंह ऐरीले राष्ट्रिय क्रिकेट टिममा डेब्यु गरेका छन् । अविनास बोहराको स्थानमा कमलले टिममा मौका पाएका हुन् ।

पहिलो खेलमा ओमानसँग पराजित भएको नेपाल हारको बदला लिने दाउँमा रहँदा ओमान भने अपराजित यात्रा कायमै राख्ने लक्ष्यमा हुने छ ।