logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

त्रिकोणात्मक सिरिज : ओमानविरुद्ध टस जितेर अमेरिका फिल्डिङमा


अंकुरण खबर
897
Shares

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा अहिले ओमान र अमेरिकाबीच प्रतिस्पर्धा भईरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर पहिला फिल्डिङ रोजेको छ । अमेरिकाले फिल्डिङ रोजेपछि ओमानले सुरुवातमा ब्याटिङ गरिरहेको छ । आज दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।

ओमान र अमेरिका जारी सिरिजमा दोस्रो पटक आमने सामने हुदैछन् । यसअघिको खेलमा ओमानले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।

आजको खेलमा ओमान काठमाडौंमा अपराजित यात्रा कायम राख्दै अंकदूरी बढाउने योजनामा छ भने अमेरिका यस सिरिजको पहिलो जितको खोजीमा छ ।