नेकपाकी सांसद यशोदा सुवेदी गुरुङले मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै स्वस्थानी ब्रतकथाको पुस्तकका पाना च्यात्नुपर्ने माग गरेकी छन् ।
उनले महिलाले ब्रत गर्ने परम्परा रहेको ऋषी पञ्चमी र स्वास्थानी च्यात्न माग गरेकी हुन् । उनले गृहमन्त्रालयले छाउगोठ भत्काउने काम स्वागत योग्य भएको बताउँदै मान्छेका मनमा रहेको छाउ प्रथा पनि हटाउनुपर्ने बताइन् ।
उनले छाउसँग जोडिएको धर्म संस्कृति र परम्परा भत्काउनुपर्ने बताउँदै भनिन्– ‘के गाँउ के शहर सरकार, राजनीतिक दल, नागरिक समाज सबैको सशक्त खाँचो छ, छाउसँग जोडिएर आउने धार्मिक अन्धविश्वासहरु भत्काउन सकोस्, छाउ जस्ता संस्कारलाई मजबुद पार्ने स्वस्थानी व्रतकथा र ऋषीपञ्चमी ब्रतकथाका पानाहरु च्यात्न सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’