logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ए डिभिजन लिग : आज तीन खेल हुँदै


अंकुरण खबर
689
Shares

काठमाडौं – शहिद स्मारक ए डिभिजन लिगका अन्तिम चरणका खेल आज बिहिबारबाट सुरु हुँदैछ । अन्तिम चरणको पहिलो दिन तीन खेल हुनेछ ।

तीनै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

आजको पहिलो खेलमा नेपाल पुलिस क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान पौने ९ बजेदेखि सुरु भएको हो ।

यस्तै दोस्रो खेलमा विभागीय एपीएफ क्लबले ब्रिगेड व्बाईज क्लवबीच दिउँसो सवा १२ बजे प्रतिस्पर्धा हुँदा तेस्रो खेलमा सरस्वती क्लब र संकटा क्लबबीच दिउँसो साढे ३ बजे खेल हुनेछ ।

खेलमा छ टोली जितको लक्ष्यका साथ मैदानमा उत्रने छन् ।