logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ए डिभिजन लिग: आशिष लामाको गोलमा एपिएफलाई अग्रता


अंकुरण खबर
663
Shares

काठमाडौं – जारी सिजन लिगका लिडिङ गोलकर्ता आशिष लामाले गोल गर्दै कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत अन्तिम चरणको खेलमा ब्रिगेड ब्वाइज क्लबविरुद्ध एपिएफ क्लबलाई १–० को अग्रता दिलाएका छन्।

आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिन १ मिनेट बाँकी रहँदा आशिषले हेडरमार्फत सुन्दर गोल गरे।

सुरुआतदेखि गोलका लागि प्रयासरत एपिएफका नविन लामाले बाँयातर्फबाट दिएको पासलाई ६ यार्ड बक्स बाहिरबाट हेडर प्रहार गर्दै गोलको दिशा दिए।

यसअघिका १२ खेलबाट ८ अङ्‌क जोडेर तालिकाको १३औं स्थानमा रहेको एपिएफ यो खेलमा जितसहित सिजनको सुखद् समापन गर्न चाहन्छ।

समान खेलबाट ८ अङ्‌क नै जोडेको ब्रिगेड ब्वाइज तालिकाको १२औं स्थानमा छ।