logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्रिपरिषद वैठकले गर्‍यो यस्ता १६ निर्णय (निर्णयसहित)


अंकुरण खबर
728
Shares

सरकारले नारायणी नदीमा सञ्चालन हुने क्रुज आयोजना (पर्यापर्यटनजन्य पानीजहाज आयोजना) का लागि आवश्यक रहेको क्रुज पोर्ट निर्माण गर्न जग्गा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को हालै सम्पन्न बैठकले क्रुज पोर्ट निर्माण गर्न चितवनको भरतपुर महानगरपालिका–१६ स्थित राष्ट्रिय बन क्षेत्रको कूल एक हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिएको हो । बैठकले नेपाल नर्सिङ परिषद्को सदस्यमा काभ्रेकी भारती भेटुवाललाई नियुक्त गरेको छ ।

बैठकले उपनिर्वाचन सम्पन्न भएपछि भएको झडपमा परी घाइते अछाम मल्लेखका गम्भीर साउँद, मोहन साउद, रामबहादुर साउद र नरबहादुर साउदको उपचार तथा बिरामी कुरुवा खर्च बापत २ लाख ८३ हजार ५८४ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

आज (बिहीबार) नियमित पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्त गोकुल बाँस्कोटाले मन्त्रिपरिषदले गरेका निर्णयहरु सार्वजनिक गरेका हुन् ।

यस्ता छन् मन्त्रिपरिषदले गरेका निर्णयहरु: