logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरसका कारण चीन, भुटान र म्यानमारले नखेल्ने भएपछि एसिसी इस्टर्न रिजन टी २० खेलको तालिका परिवर्तन


अंकुरण खबर
1.001K
Shares

एसिसी इस्टर्न रिजन पुरुष टी २० क्रिकेटको सेड्युल परिवर्तन भएको छ। अन्तिम समयमा चीन, भुटान र म्यानमारले सहभागिता नजनाउने भए पछि खेलको तालिका परिवर्तन भएको हो ।

चीन, थाइल्यान्ड, भुटान, म्यानमार, मलेसिया, हङकङ, सिंगापुर र नेपालले इस्टर्न रिजन पुरुष टी २० खेल्ने तालिका रहेको थियो । अन्तिम समयमा चीन, भुटान र म्यानमारले सहभागिता नजनाउनुको कारण कोरोना भाइरसको प्रकोप भएको बताइएको छ।

एसिसीले सोमवार जारी गरेको नयाँ तालिका अनुसार नेपालले २९ फेब्रुअरीमा पहिलो खेल मलेसियासँग खेल्नेछ। त्यस्तै मार्च १ मा हङकङ, मार्च ४ मा थाइल्यान्ड र मार्च ६ मा सिंगापुरसँग खेल्ने तय भएको छ। प्रतियोगिताका शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन्।

प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भइसकेको छ भने अभ्यास पनि शुरु भइसकेको छ। प्रतियोगिताका लागि भुवन चन्दले राष्ट्रिय टिममा पुनरागमन गरेका छन्। त्यस्तै उक्त प्रतियोगिताका लागि किशोर महतो पहिलो पटक राष्ट्रिय टिममा परेका छन्।

टोलीमा खेलाडीहरु शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामीलगायतका खेलाडीहरु समावेश छैनन्। प्रशिक्षकबाट उमेश पटवालको राजीनामा पछि नेपाली टिमको प्रशिक्षकमा जगत टमाटा छन् ।