logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमसीसीबारे सरकारको धारणा प्रष्ट छ : मन्त्री ज्ञवाली


अंकुरण खबर
3.185K
Shares

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० बारे सरकारको धारणा प्रष्ट रहेको बताएका छन् ।

बंगलादेशको औपचारिक भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री ज्ञवालीले एमसीसी बारेको प्रस्ताव संसदमा पेश भइसकेको बताउँदै यसबारे सरकारको धारण प्रष्ट रहेको बताए ।

उनले एमसीसी अध्ययनका लागि सत्तारुढ दल नेकपाको कार्यदलले अध्ययन गर्ने म्याण्डेट पाएको बताए । ‘हाम्रो पार्टीको बैठकमा समूहगत छलफलमा कतिपय साथीहरुले हामीले बुझनौं,अन्यौल भयो भनेपछि यसबारे अध्ययन गर्ने भनेर कार्यदल बनेको हो । हाम्रो म्याण्डेट पनि त्यतिनै हो’ कार्यदलका सदस्यसमेत रहेका मन्त्री ज्ञवालीले भने, ‘दोस्रोपटक म्याद थप भएको अवधिभित्रै चाँडैनै हाम्रो प्रतिवेदन बुझाउछौं ।’

नेकपाले झलनाथ खनालको संयोजकत्वमा प्रदिप ज्ञवाली र भीम रावल सदस्य रहेको कार्यदल गठन गरेको थियो । कार्यदलको आगामी बैठक बिहीबार बस्ने उनले जानकारी दिए ।