काठमाडौं – कमिशनबारे मोलतोल गरेको अडियो सार्वजनिक भएपछि मन्त्री पद गुमाएका गोकुल बाँस्कोटाले महाशिवरात्रिका अवसरमा ट्विटरमार्फत दिएको शुभकामना सन्देशमा व्यङ्ग्यको ओइरो लागेको छ ।
हेर्नुहोस् बाँस्कोटाले दिएको शिवरात्रिको ट्विट र बाँकी प्रतिक्रिया:
प्रत्येक वर्ष फागुन चतुर्दशी दिन मनाइने महाशिवरात्री पर्वको अवसरमा सबै हिन्दू धर्मावलम्बीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
— Gokul Prasad Baskota (@GokulPBaskota) February 21, 2020
तर यो ट्विटमा धेरैले उनलाई कमिशनको मोलतोल गरेको अडियोबारे व्यङ्ग्य कसेका छन् । कतिपयले भ्रष्ट नेताबाट शुभकामना नचाहिने प्रतिक्रिया पनि दिएका छन् ।
‘कम्युनिष्टले चलाएको देश चीन कहाँबाट कहाँ पुग्यो । नेपाली कम्युनिस्टहरुको किन यस्तो दयनीय अवस्था? अलिकति इमान र साख को ख्याल गर्नु पर्दैन?’ गोपाल योगीले प्रश्न गरेका छन् ।
बालकृष्ण ढकालले लेखेका छन्, ‘नैतिकताको आधारमा राजीनामा। नैतिकता छ र भन्या?’ केदार थमीको प्रश्न छ, ‘अझै जेल जाने चाजोपाजो मिलेको छैन? कि विष्णु, विष्णु भनेर चोखो भयौँ?
जीवन पोखेरलले भनेका छन्, ‘कमरेडलाई पनि शुभकामना। पैसा खानुस् नखानुस् मलाई आपत्ति छैन, देशलाई नराम्रो नहोस् ।’ योगेन्द्र थापा व्यङ्ग्य गर्दे लेख्छन्, ‘सबैलाई आफू जस्तै बन्नु भनेर पनि शुभकामना दिनुपर्ने ।