logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

आजको अखबरमा छापिएका मूख्य खबरहरु


अंकुरण खबर
1.391K
Shares

बाँस्कोटाको हातमा थिए एक खर्बका सात प्रोजेक्ट

सेक्युरिटी प्रेस खरिदमा कमिसनको ‘डिल’ गरिरहेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रालयमातहतका अरु ठूला प्रोजेक्टमा पनि चासो राखेका थिए । नयाँ योजनामा कमिसन खोज्ने मात्र होइन, कतिपय भइसकेका ठेक्का रद्द गरेर पनि उनले स्वार्थअनुसार अघि बढाए ।

खासगरी उनले सेक्युरिटी प्रेस खरिद गर्ने, देशभर टेलिकमको फोरजी सेवा पुर्‍याउने, स्याटलाइट राख्ने, सामुदायिक विद्यालयहरूमा कम्प्युटर ल्याब स्थापना गर्ने, अप्टिकल फाइबर बिच्छ्याउने, आधिकारिक बिक्रेताभन्दा बाहिरबाट भित्र्याइएका मोबाइल नचल्ने बनाउन मोबोइल डिभाइस म्यानेजमेन्ट सिस्टम खरिदलगायतका योजनामा गम्भीर चासो देखाएका थिए ।

यी कार्यक्रमको पारदर्शितामा प्रश्न उठाउने प्रशस्त आधार देखिएका छन् । कार्यक्रम निर्माण, ठेक्काको स्पेसिफिकेसन, मूल्यांकनलगायत हरेक चरणमा सार्वजनिक खरिद प्रक्रिया उल्लंघन गरेको देखिन्छ ।

सुनदेखि लसुनसम्म कोरोना भाइरसको प्रभाव , आकासियो मूल्य

चीनमा फैलिएको कोराना भाइरस ९कोभिड–१९०को संक्रमणको प्रभाव नेपाली बजारमा सुनदेखि लसुनसम्ममा परेको छ । चीनमा कोराना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले गत १५ माघमा चीनबाट प्रवेश हुने नाका बन्द गरेको थियो ।

नेपाली व्यवसायीले चीनबाट धेरै वस्तु आयात गर्दै आएका छन् । सो नाका बन्द भएपछि त्यसको प्रत्यक्ष असर लसुनमा देखिएको थियो । अहिले त्यसको असर क्रमशः अन्य वस्तुमा पनि देखिन थालेको छ ।

औषधि उत्पादन हुने कच्चा पदार्थ, लसुन, स्याउ, सुनलगायत अन्य वस्तुमा समेत यसको प्रभाव परेको हो ।

कोरोना भाइरसको प्रभावले नेपाली बजारमा गत २२ पुसमा प्रतिकिलो २ सय ८५ रुपैयाँमा बिक्री भइरहेको लसुनको मूल्य बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ । पछिल्लो दुई महिनामा मूल्य ३ सय ५० रुपैयाँले वृद्धि भएको छ ।

नेकपा कार्यदलको यथास्थितीमा एमसीसी संसदबाट अनुमोदन नगर्न सुझाव

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीबारे अध्ययन गर्न सत्तारुढ दल नेकपाले बनाएको कार्यदलले यथास्थितीमा एमसीसी संसदबाट अनुमोदन गर्न नमिल्ने सुझाव दिएको छ।

पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्व तीन सदस्यीय उक्त टोलीले अध्यक्ष द्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिवेदन बुझाउँदै जस्ताको तस्तै संसदबाट उक्त सम्झौता पारित नै हुन नसक्ने उल्लेख गरेका हुन।

नेपालको कानुनसँग बाझिने गरि गरिएको त्यस्तो सम्झौता प्रस्तुत आधारमा नै पारित हुन नसक्ने हुनाले केही बुदाँहरू सच्चाएर पारित गर्न सुझाव दिइएको कार्यदल संयोजक एवं नेकपा वरिष्ठ नेता खनालले जानकारी दिए ।

‘यहाँ अनेक अफवा फैलाइएको छ। भएका सम्झौतामा बाझिएका विषय अमेरिकीलाई राखेर छलफल गरे समाधान हुन्छ,’ पूर्वप्रधानमन्त्री खनालले भने, ‘बाइबल हो ररु बुँदा नै परिवर्तन गर्न नहुनेरु सन्धि सम्झौता विधिसंवत ढंगले सुधार गर्दै लैजान मिल्छ। हामीले सुधार गर्ने बुँदा केलाएर त्यसको विकल्प र उपायसहित सुझाव दिएका छौं।’

कोटश्वरको जाम कम गर्न महिना दिनभित्रै सर्भिस लेन

सरकारले काठमाडौंको अत्यधिक जाम हुने कोटेश्वरमा जाम कम गर्न एक महिनाभित्रै सर्भिस लेन निर्माण गर्ने तयारी गरेको छ ।

अर्थ मन्त्रालय, सडक विभाग, महानगरपालिका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयलगायत सम्बद्ध पक्षको छलफलमा सर्भिस लेन खुलाउने विषयमा सहमति जुटेको हो ।

कोटेश्वरमा जाम कम गर्न आकासे पुल (ओभरहेड ब्रिज) निर्माण गर्ने तयारी भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले असहमति जनाएको छ । कार्यालयले एयरपोर्टको सुरक्षालाई देखाएर ओभरहेड ब्रिज निर्माण गर्न असहमति जनाएपछि ब्रिज नबन्ने सम्भावना बढेर गएको छ ।

डिभिजन सडक कार्यालय, काठमाडौंका प्रमुख कुबेर नेपालीले कोटेश्वरमा सर्भिस लेनका लागि आज भोलि नै टेन्डर आह्वान गर्ने तयारी भइरहेको र एक महिनाभित्रै अस्थायी सर्भिस लेन सुरु गरिने जानकारी दिए ।

चिसोले रित्तियो गाउँ

मुगुको पूर्व भेगमा पर्ने कार्मारोङ गाउँपालिका १ बाग्री गाउँका स्थानीयवासी चिसोका कारण मुगुबाट जुम्लाका विभिन्न ठाउँमा बसाइँ सरेर गएपछि गाउँ नै रित्तिएको छ ।

बाग्री गाउँमा दिनको तीन घण्टा पनि घाम नलाग्दा अत्यधिक चिसो बढेपछि यहाँका स्थानीय बसाइँ सरेर जुम्ला गएका हुन् ।

चिसोका कारण देखाउँदै १५ वर्षदेखि स्थानीय गाउँ छाड्दै जुम्लाका विभिन्न ठाउँमा बसाइँ सर्न थालेका हुन् ।

कार्मारोङ गाउँपालिका १ मा तीन वटा बस्ती छन् । जसमा चिताई र डोल्पुमा स्थानीयवासी बसोबास गर्छन् । तर, बाग्री गाउँवासी घर छोड्दै जान थालेका छन् । यस गाउँमा ७५ घरधुरी छन् ।

‘अटो’ले पेट पाल्नेहरू

मानिसहरू कतै हिँड्नुपर्‍यो भने सवारी साधनविना हिँड्ने बानी छैन । कतै जानुपर्‍यो भने सवारी साधनविना जान खोज्दैनन् । यसैअनुरूप नजिकैको यात्राका लागि छिटो र छरितो साधन बनेको छन्, तीन पाङ्ग्रे अटो र अटोरिक्सा ।

सुदूरपश्चिमका तराईका जिल्ला कञ्चनपुर र कैलालीमा पछिल्लो समय अटोको संख्या ह्वात्तै बढेको छ । अटोको संख्या बढेसँगै पहाडबाट तराई जाने वा तराईकै एक ठाउँबाट अर्को ठाउँमा जाने जोकोहीलाई पनि सहज भएको छ ।

हिँडेर आधा–एक घण्टा लाग्ने समयमा अटोले १०–१५ मिनेटमै पुर्‍याउने गरेको छ । अन्य सवारीमा जस्तो कोचाकोच गरेर जाने तथा सवारी साधनलाई घण्टौँ पर्खनुपर्ने बाध्यताको अन्त्य भएको छ । करिब ३ देखि ५ जना यात्रु बस्न मिल्ने ३ पाङ्ग्रे अटो धेरै मानिसहरूको रोजाइ बनेको छ ।

केही वर्गका लागि यही अटो आय स्रोतको बाटो बनेको छ । विदेश जानुभन्दा स्वदेशमै अटो चलाउन सिकेर धेरै पढेलेखेका युवाहरू दैनिकी चलाइरहेका छन् ।

विभिन्न पत्रपत्रिकाबाट साभार