logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खप्तड गोल्डकप : नव जन जागृति र मदन भण्डारी स्पोर्टस् भिड्दै


अंकुरण खबर
806
Shares

सर्वाधिक धनराशिको सुदुरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपमा आइतबार (आज) एक खेल हुँदैछ।

कैलाली हसनपुरस्थित धनगढी रंगशालामा आइतबार सिमराको नव जन जागृति क्लब र काठमाडौंको मदन भण्डारी स्पोर्टस् एकेडेमी भिड्ने छन् ।  खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

दुवै टिम जित निकाल्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छन् । प्रतियोगितामा विभागीय टिम एपीएफ र भारतको कंचनजंघा एफसी क्वाटरफाइनल प्रवेश गरिसकेको छ ।

सुदूरपश्चिम स्पोर्ट्स क्लबको आयोजनामा जारी प्रतियोगितामा १२ टिमको सहभागीता रहेको छ ।

प्रतियोगिताको विजेताले २१ लाख १ रुपैया पाउनेछ । उपविजेताले १० लाख १ रुपैँया पाउने आयोजकले जनाएको छ ।

यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बेनेली मोटरसाईकल प्रदान गरिनेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार प्रदान गरिने छ ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडीले गरेको छ ।