सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी छ ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र प्रचण्डबीच देशको समसामयिक विषयवस्तुमा छलफल भइरहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । उनका अनुसार भेटवार्ता सोमबार बिहान १० बजेदेखि भइरहेको हो ।
सिङ्गो देश र पार्टी चलाउने विषयमा छलफल भइरहेको बताउँदै सल्लाहकार थापाले भने, छलफलमा ओली र प्रचण्ड मात्रै सहभागी छन् ।