logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुवाउन खोजेपछि रिसाइन नवजात शिशु, चिकित्सक भए चकित


अंकुरण खबर
2.6K
Shares

ब्राजिलको रियो दे जेनेरोमा शल्यक्रिया गरेर निकालिएको एक शिशु जन्मनेबित्तिकै चिकित्सकमाथि रिस पोखेको रमाइलो तस्वीर सार्वजनिक भएको छ । ती नानीलाई चिकित्सकले रुवाउने कोशिश गरेकी छन् ।

इसाबेला पेरेरा दे जेसुसको जन्म सीएसमार्फत पुस २८ गते अपराह्नमा रियोको अस्पतालमा भएको हो ।

शिशुको फोक्सोले काम गरिरहेको छ कि छैन भनी जाँच्नका लागि चिकित्सकहरूले बालबालिकालाई रुन प्रेरित गर्ने गरेका छन् । चिकित्सकले इसाबेलालाई रुन प्रेरित गरेको उनलाई मन परेनछ ।

शिशुकी आमा डाएन दे जेसुस बार्बोसाले स्थानीय फोटोग्राफर रोड्रिगो कन्स्टमानलाई इसाबेलाको जन्मको तस्वीर खिच्न लगाएकी थिइन् र उनले बच्चाको रमाइलो हाउभाउ खिचे ।

फोटोग्राफरले ब्राजिली पत्रिका क्रेसरलाई बताएअनुसार, चिकित्सकले शिशुको सालनाल काट्नुअघि रुन लगाएका थिए ।

आमा डाएनले आफ्नी छोरी कति बहादूर छिन् भनी फोटोले देखाउने बताइन् । ‘मेरी छोरी जन्मिँदै बहादूर छे,’ उनले ब्राजिली सञ्चारमाध्यम जी१ लाई बताइन् । एजेन्सी