logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विप्लवको विद्यार्थी संगठनको हड्तालका कारण शैक्षिक संस्था प्रभावित


अंकुरण खबर
1.547K
Shares

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनले आह्वान गरेको बन्दका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रका शैक्षिक संस्थामा अध्ययन–अध्यापन प्रभावित भएको छ ।

विप्लव नेकपाको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूयियन (क्रान्तिकारी) ले आफ्ना केन्द्रीय अध्यक्ष चिरन्जीवि ढकाललाई पक्राउ गरेको विरोधमा शैक्षिक हड्ताल आह्वान गरेको जनाएको छ ।

२५ औँ ‘जनयुद्ध’ दिवसको अवसरमा काठमाडौंमा भएको कार्यक्रमबाट आफ्ना अध्यक्ष ढकाललाई गैरन्यायीक रुपमा केपी ओली सरकारले पक्राउ गरेको आरोप अखिल क्रान्तिकारीले उल्लेख गरेको छ ।

त्यसको विरोधमा विभिन्न विरोधका कार्यक्रम गरिरहेको अखिल क्रान्तिकारीले बुधबार शैक्षिक हड्ताल गरेको हो । हड्तालका कारण अधिकांश विद्यालयको पढाई प्रभावित भएको छ ।