logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाका ४ नेता बानेश्वरस्थित गोप्य बैठकमा


अंकुरण खबर
676
Shares

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ४ नेता नयाँ बानेश्वरस्थित सोमनाथ पाण्डेको घरमा बैठक बसेका छन् ।

नेकपामा विवाद बढेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ छलफलमा बसेको स्रोतले बताएको छ ।

बुधबार नेकपाको सचिवालय बैठकले गरेको निर्णय नमान्ने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेपछि विवाद उत्कर्षमा पुगेको छ । बुधबार बसेको सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो । तर, निर्णय भएको केही घण्टापछि नै ओलीले आफूले सचिवालयको त्यो निर्णय नमान्ने घोषणा गरे ।

उक्त निर्णयको पक्षमा सचिवालयका ७ जना रहेका छन् भने विपक्षमा ओली र ईश्वर पोखरेल मात्र छन् । सचिवालयका बहुमत सदस्य निर्णयको पक्षमा हुँदा पनि ओलीले उक्त निर्णयविरुद्धमा अडान लिएपछि नेकपामा विवाद बढेको छ ।

ओलीले हिजोको निर्णय कार्यान्वयन नगराए अब सचिवालयले गरेको निर्णय कसरी कार्यान्वयन गराउने भन्नेबारेमा उल्लिखित नेताहरूबीच छलफल हुन थालेको स्रोतले बतायो ।