logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

खप्तड गोल्डकप : एपीएफ र पुलिस भिड्दै


अंकुरण खबर
1.56K
Shares

सर्वाधिक धनराशीको सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको तेस्रो क्वाटरफाइनलमा बिहीबार दुई विभागीय टिमले प्रतिस्पर्धा गर्दैछ ।

कैलाली हसनपुरस्थित धनगढी रंगशालामा हुने तेस्रो क्वाटरफाइनलमा नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । विभागीय डर्बी भिडन्त दिउँसो ३ बजे सुरु हुनेछ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पाचौं भएको पुलिसले बाई पाएर सिधै क्वाटरफाइनलमा एपीएफसँग खेल्न लागेको हो ।

एपीएफले भने एनआरटी क्लबलाई हराएर पुलिससँगको भेट पक्का गरेको थियो । दुवै टोली जित निकाल्दै सेमिफाइनलमा पुग्न चाहन्छ ।

देशकै सर्वाधिक राशिको मोफसल प्रतियोगिताको विजेताले २१ लाख १ रुपैया पाउनेछ । उपविजेताले १० लाख १ रुपैया पाउने आयोजकले जनाएको छ ।

यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बेनेली मोटरसाईकल प्रदान गरिनेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५-१५ हजार प्रदान गरिने छ ।