logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

श्री भगवति क्लबसँग मध्यपुर पराजित


अंकुरण खबर
1.053K
Shares

श्री भगवती क्लबले सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत बिहीबार सम्पन्न खेलमा मध्यपुर युथ एसोसिएसनलाई २–० ले पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफको खेल सकिन एक मिनेट बाँकी रहँदा प्रज्वल थापा मगरले गरेको गोलसँगै भगवतीले अग्रता लिएको थियो।

पहिलो हाफमा १–० ले पछाडी परेको मध्यपुरले दोस्रो हाफमा पुनः गोल खाँदा पराजित हुनुपर्‍यो। भगवतीका ‘सब्स्टिच्युड’ खेलाडी युवराज ढकालले ७२औं मिनेटमा टोलीका लागि दोस्रो गोल गर्दै सहज जित सुनिश्चित गरे।