logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनशक्ति अभावमा काम गर्न अप्ठ्यारो : मुख्यमन्त्री पौडेल


अंकुरण खबर
1.001K
Shares

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आवश्यक जनशक्ति अभावमा प्रदेश सरकारलाई काम गर्न अप्ठ्यारो परिरहेको बताएका छन ।

प्रदेश लोकसेवा आयोग वाग्मती प्रदेशद्वारा बिहीबार अयोजित ‘अन्तर प्रदेश लोकसेवा आयोग’सम्बन्धी कार्याशालालाई सम्बोधन गर्दै उनले सङ्घीय सरकारले निजामती सेवा ऐन नबनाउँदा प्रदेशलाई कार्यसम्पादनमा समस्या परेको बताए।

मुख्यमन्त्री पौडेलले सबै प्रदेशले छलफल गरेर एउटै प्रकारको ऐन निर्माण गर्दा समस्या नपर्ने उल्लेख गर्दै देशका प्रायः सबै निकायको कार्यसम्पादनमा प्रश्नहरु उठिरहँदा लोकसेवा आयोगप्रति कसैले पनि प्रश्न उठाउन नसकेको बताए ।