logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देउवाद्वारा विभागको जिम्मेवारी बाँडफाँड, संगठन विभागमा गोपालमान श्रेष्ठ


अंकुरण खबर
1.248K
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १३ वटा विभागको जिम्मा बाँडफाँड गरेका छन् ।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा १३ वटा विभाग प्रमुख तोकिएको जनाइएको छ ।

संगठन विभागमा गोपालमान श्रेष्ठ, संघीय मामिला विभागमा रमेश रिजाल, तरुण विभागमा शंकर भण्डारी, प्रचार विभागमा विश्वप्रकाश शर्मालाई मनोनयन गरेका छन् ।

त्यसैगरी कांग्रेसको आमन्त्रित सदस्यमा दाङका कृष्णकिशोर घिमिरे, झापाका गोपालकुमार बस्नेत, झापाकै सुधीरकुमार शिवाकोटी, धनकुटाका मनोहरनारायण श्रेष्ठ र तनहुँका ध्रुव वाग्लेलाई मनोनयन गरेका छन् ।

यस्तो कांग्रेस मुख्यसचिव पौडेलले जारी  गरेको विज्ञप्ति:

फागुन १७, २०७६

प्रेस विज्ञप्ति

(१) नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाद्वारा नेपाली कांग्रेसको विधान, २०१७

(संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका देहायका सदस्यहरुलाई देहाय बमोजिमका केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गर्नु भएको छ ।

१ श्री गोपालमान श्रेष्ठ संगठन विभाग

२ श्री रमेश रिजाल संघीय मामिला तथा प्रदेश समन्वय विभाग

३ श्री फरमूल्लाह मन्सुर मुस्लिम विभाग

४ श्री अर्जुनप्रसाद जोशी स्थानीय तह समन्वय विभाग

५ श्री आनन्दप्रसाद ढुंगाना वित्तिय तथा सहकारी संस्था समन्वय विभाग

६ श्री अजयकुमार चौरसिया तराई–मधेश समन्वय विभाग

७ श्री महेन्द्र यादव यातायात व्यवसायी समन्वय विभाग

८ श्री शंकर भण्डारी तरुण विभाग

९ श्री सीता गुरुङ आदिवासी जनजाति विभाग

१० श्री गोविन्द भट्टराई नेपाली जनसम्पर्क समिति समन्वय विभाग

११ श्री चिनकाजी श्रेष्ठ उद्योग व्यापार विभाग

१२ श्री विश्वप्रकाश शर्मा (प्रवक्ता) सूचना, संचार तथा प्रचार विभाग

१३ श्री शिवप्रसाद हुमागाँइ श्रमिक तथा टे«ड युनियन विभाग

(२) पार्टीको विधान तथा नियमावलीको व्यवस्था बमोजिम सभापति श्री शेरबहादुर देउवाद्वारा केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य पदमा (१) श्री कृष्ण किशोर घिमिरे (दाङ), (२) श्री गोपालकुमार बस्नेत (झापा), (३) श्री सुधीरकुमार शिवाकोटी (झापा), (४) श्री मनोहर नारायण श्रेष्ठ (धनकुटा) र (५) श्री धु्रव वाग्ले (तनहुँ) लाई मनोनयन गर्नु भएको छ ।