logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीको बुधबार मिगौंला प्रत्यारोपण


अंकुरण खबर
1.014K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा उक्त कुराको जानकारी गराइएको हो ।

बैठकपछि संचारकर्मीसँगको कुराकानीका क्रममा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले उक्त कुराको जानकारी दिए । ‘सचिवालयको आजको बैठकमा सम्मानननीय प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य उपचारको योजनाको बारेमा सचिवजालयमा जानकारी गराउनुभयो ।’ उनले भने, ‘यही बुधबार उहाँको मिर्गौलाको प्रत्यारोपणको काम शल्य चिकित्सा योजना बनाइएको छ ।’ पार्टी सचिवालय बैठकले उनको सफल प्रत्यारोपणको कामना गरेको उनले बताए ।

यसबारे आजको सचिवालय बैठकमा अन्य कुनै छलफल नभएको उनले बताए । प्रधानमन्त्रीको मिगौंला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा नै हुनेछ । यसका लागि उनी भोलि नै अस्पताल भर्ना हुनेछन् । यो उनको दोस्रो प्रत्यारोपण हो ।

यसअघि ०६३ सालमा प्रत्यारोपण भएको थियो ।  ‘मेनिन्जाइटिस’ भएर सन २०१३ मा प्रम ओली शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गर्न पुगेका थिए । त्यहाँ उपचार गरेको केही दिनपछि डा. दिव्या सिंहले ग्राण्डी ‘रिफर’ गरेकी थिइन् । बैंककमा महिना दिनभन्दा लामो उपचारपछि ओलीको अवस्था खतराबाट मुक्त बनेको थियो ।