सर्वाधिक पुरस्कार राशीको चौथो संस्करणको खप्तड गोल्डकप फुटबलको फाइनल खेल आज हुँदैछ ।
उपाधिका लागि सुदूरपश्चिम एघार र ए डिभिजन क्लव थ्री स्टार भिड्दैछन् । फाइनल खेल धनगढी रंगशालामा दिउँसो तीन बजे हुनेछ । दुबै टिम पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेका हुन् ।
हिमालयन शेर्पालाई हराउदै थ्री स्टार फाइनलमा पुगेको हो भने आयोजक सुदूरपश्चिम भने विभागिय टिम एपिएफलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
सुदूरपश्चिम स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख १ रुपैयाँ पाउँनेछ । उपविजेताले १० लाख १ रुपैँया पाउने आयोजकले जनाएको छ ।
यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिनेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार प्रदान गरिने आयोजकले जानकारी दिएका छन् ।