एसीसी इस्टर्न रिजन टी २० क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाल विजयी भएको छ।
यसअघि लगातार दुई खेलमा पराजित भएको नेपालले बुधवार घरेलु टोली थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको हो।
थाइल्याण्डले दिएको ६७ रनको सामान्य लक्ष्य नेपालले ५.३ ओभमा १ विकेट गुमाएर पूरा पर्यो। नेपालका लागि ओपनर कुशल मल्लले अवजित ३६ र पवन सर्राफले अविजित २७ रन जोडे। पहिलो जितपछि नेपालले ३ खेलबाट २ अंक जोडेको छ।
अब नेपालले शुक्रबार अन्तिम खेलमा सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ।