logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रोनाल्डिन्हो पक्राउ


अंकुरण खबर
1.339K
Shares

ब्राजिलका चर्चित फुटबलर रोनाल्डिन्हो पक्राउ परेका छन् ।

पाराग्वे जाने क्रममा नक्कली पासपोर्ट प्रयोग गरेका कारण उनलाई पक्राउ गरिएको हो ।

३९ वर्षीय रोनाल्डिन्हो सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा टिमका सदस्य थिए । बुधबार राति आफ्ना भाइ रोबर्टोसँग पाराग्वे जाने क्रममा उनी पक्राउ परेका थिए ।

रोनाडिन्हो अहिले ब्राजिलको पासपोर्ट बोक्न नपाउने भएका छन् । सन् २०१८ मा पर्यावरण कानुन उल्लङ्घन गरेको आरोपमा उनी कारबाहीमा परेका थिए ।

सन् २०१५ मा अवैधरुपमा माछा मारेका कारण उनलाई कारबाही गरिएको थियो ।