एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेट अन्तर्गत नेपाल र सिंगापुरबीचको खेल रद्द भएको छ ।
बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा वर्षाको कारण नेपाल र सिंगापुरबीचको टस समेत नभई खेल रद्द भएको हो ।
खेल रद्द भएसँगै दुवै टोलीले १/१ अंक पाएका छन् ।
७ अंकसहित सिंगापुर शीर्ष स्थनमा रहँदै प्रतियोगिता टुंग्याएको छ । सिंगापुरसँग एक अंक पाएसँगै नेपालले ४ खेलमा ३ अंक जोडेर प्रतियोगिताको अन्त्य गरेको छ । नेपाल ४ खेलमा २ मा हार, १ मा जित र १ मा रद्दका साथ चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिन पुग्यो ।
आजको दोस्रो खेलमा हङकङ र मलेसिया भिड्दै छन् ।