logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ऊर्जामन्त्री पुन र भारतीय राजदूत क्वात्राबीच शिष्टाचार भेट


अंकुरण खबर
1.378K
Shares

नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनय मोहन क्वात्राले ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

शुक्रबार मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी हित, सम्बन्ध र ऊर्जा तथा सिंचाईका क्षेत्रका विषयमा छलफल भएको हो । भारतीय सरकार तथा नीजि क्षेत्रको लगानीमा नेपालमा निर्माण भईरहेका ऊर्जा उत्पादनसँग सम्बन्धित परियोजना ती परियोजना निर्माणमा आएका समस्या र नेपालमा ऊर्जाका क्षेत्रमा थप लगानी भित्र्याउने विषयमा छलफल भएको मन्त्री पुनको सचिवालयले जानकारी दिएको छ ।

राजदूत क्वात्रा नेपालका लागि राजदूतका रुपमा नियुक्त भएपछि केही दिन अघि मात्रै नेपाल आएका थिए ।

नेपाल आएलगत्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाउनुका साथै उच्चस्तरीय राजनीतिक भेटवार्ता तिब्र बनाएका छन् ।