पछिल्लो समय सत्तापक्ष तथा प्रतिपक्षका नेताहरुसँग भेटवार्तालाई तिब्र बनाएका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल यति बेला मित्र राष्ट्र भारतको भ्रमणमा छन् ।
भारतको सतारुढ दल भाजपा काग्रेस आई लगायतका दलसँग राम्रो सम्बन्ध बनाएका पूर्वमन्त्री ढकालले भारतमा रहदाँ पनि उच्च तहको राजनीतिक भेट घाटमा ब्यस्त रहेका छन् । शनिबार अध्यक्ष ढकालले भारतीय जनता पार्टीका राष्ट्रिय महामन्त्री राममाधवसँग भेट गरेका हुन् ।
भेटमा नेपाल भारत सम्बन्धका बिबिध बिषय तथा क्षेत्रीय साझेदारीको बारेमा छलफल भएको परिवार दलको भारत प्रतिनिधि कृष्ण अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार भेटमा अध्यक्ष ढकालले मित्र राष्ट्र भारत संग नेपालको सम्बन्ध अन्य कुनैपनि देश संग अतुलनिय रहेको बताउदै नेपालको बिकासमा सहयोग गर्न आग्रह गरेको बताए।
प्रति उत्तरमा भाजपाका महामन्त्री राम माधवले नेपाललाई सदा सर्बदा भारतको साथ सहयोग रहने बताए । भेटमा भारतीय जनता पार्टीका नेता भुवनेश्वर कलिताको पनि सहभागिता रहेको थियो ।
ढकाल भारतमा रहदाँ भारतीय कंग्रेस आईका नेता भाजपाका नेता तथा भारत सरकारका उच्च पदाधिकारीलाई समेत भेटने कार्यक्रम रहेको जनाइएको छ ।